सरकारले राजनीतिक अधिकार कुण्ठित गर्यो: नेकपा

Posted on: 10 Dec, 2017

मंसिर २४ बैतडी । नेपाल कम्यूष्ट पार्टी (नेकपा) जिल्ला कार्य समिती बैतडीले वर्तमान सरकारले आफुहरुको राजनीतिक अधिकार कुण्ठित गरेको आरोप लागाएको छ ।

प्रहरीले निर्वाचन गतिविधिमा अवरोध गर्न सक्ने भन्दै नेकपाका छ जना कार्यकर्तालाई प्रहरीले ०७४ कात्तिक ३० गते गिरप्तार गरेको थियो । नेकपाका जिल्ला इन्चार्ज बासुदेव जोशीलाई मंसिर ४० गते किरीयामा बसेकै बेला गिरप्तार गरेको पीडितको आरोप छ ।

०७४ मंसिर २४ गते उनिहरुलाई रिहा गरीएको छ ।  “नेकपाका कार्यकताले मेरो होटलमा खाना खाएकै कारण मलाई २४ दिन थुनामा राखियो” पाटन नगरपालिका– ६ का होटल व्यवसायी गजेन्द्र चन्दले भने । खेतमा काम गरीरहेका वेला नेकपा संग आस्था राखेकै कारण पुचौँडी नगरपालिका, हाटका बसन्तराज जोशीलाई पनि प्रहरीले गिरप्तार गरी थुनामा राखेको थियो ।

विद्यालयमा शिक्षण गरीरहेका स्थानीय शिक्षक बासुदेव बोहरालाई पनि प्रहरीले गिरप्तार गरेको थियो । कसैलाई असर नगर्ने गरी भेला तथा संगठित हुन पाउने अधिकारमाथि सरकारले दमन गरेको नेकपाको आरोप छ । हामीले कुनै निर्वाचन गतिविधि नगरेको भएपनि संकाकै भरमा गिरप्तार गरि थुनामा राखेर आफुहरुको मनवअधिकार उलंघन गरेको पीडित हरीलाल विश्वकर्माको भनाई छ ।

थुनामा भने प्रहरीले कुनै किसमको यातना नदिएको पिडितहरुको भनाई छ ।  मानव अधिकारका दृष्टीकोणले कुनै व्यक्तिले स्वतन्त्र रुपमा कसैलाई असर नपर्ने गरी शान्तिपुर्ण तरिकाले भेला तथा संगठित हुन पाउने अधिकारमाथि कुनै पनि निकायले हस्तक्षेप गर्न पाउदैन ।

यस सम्बन्धि जिल्ला प्रहरी कार्यालय, बैतडीलाई बुझ्दा निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न नेकपाका कार्यकर्ताहरुलाई थुनामा राखिएको र मतगणना सकिएपछि छोडिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्माले बताए ।

 

०७४ मंसिर २४ गते थुनामुक्त भएका नेकपाका कार्यकर्ता । विनाकारण थुनामा राखी सरकारले आफुहरुको राजनीतिक अधिकार कुण्ठित गरेको उनिहरुको आरोप छ । तस्बिर: नरी बडु, बैतडी, सास 


यस बिषयमा तपाइको प्रतिक्रिया...!