सर्लाही २ बाट राजपाका उम्मेदवार महेन्द्र राय यादव विजयी

Posted on: 10 Dec, 2017

सरोज यादव/मङ्सिर २४, सर्लाही । सर्लाही २ मा प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ ।


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सर्लाही निर्वाचन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार श्री महेन्द्र राय यादवले २९ हजार १ सय ९१ मत ल्याएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । 

यादवले नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका जंगीलाल रायलाई १० हजार २ सय १५ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका जंगीलाल रायले १८ हजार ९ सय ७६ मत ल्याएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!