समाजबादका लागि मेरो लडाइ जारी रहन्छ –नेत्र अधिकारी (भिडियो सहित)

Posted on: 11 Dec, 2017

पर्वत क्षेत्र नं १ बाट विजयी भएका नेकपा माओबादीका पोलिटव्यूरो सदस्य नेत्रनाथ अधिकारीले आफ्नो समाजबादको लडाइ जारी रहेको बताएका छन् ।
जनयुद्ध, घाइते अपाङता भएका व्यक्तिहरु, अधिकार विहिनहरुको पक्षमा आफ्नो लगाइ जारी रहने उनले बताए । उनले चुनावी अभियानमा घरदैलो कार्यक्रममा गरेका बाचाहरु पुरा गर्नको लागि लागि पर्ने र प्रदेश सरकारमा आफ्नो माग राख्ने बताएका छन् । आफूले बाचा गरेका बाचाहरु डायरीमा नोट गरेर राखेको भन्दै अधिकारीले एकएक गरी पुरा गर्ने प्रतिक्रिया दिएका छन् ।
आफू निरन्तर रुपमा समाजबादको लागि लड्ने र यो लडाइ समाजबाद प्राप्त नभएसम्म जारी रहेन समेत उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!