काभ्रेको प्रदेशसभामा एमालेका लामा र लम्साल विजयी

Posted on: 11 Dec, 2017

मङ्सिर २५, बनेपा । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) बाट वाम गठबन्धनको नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभएको छ । 

उहाँले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले २४ हजार ४७७ मत ल्याएर विजयी हुँदा काँग्रेसका लामाले २० हजार २७० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को (क) मा वाम गठबन्धनका एमालेका लक्ष्मण लम्साल विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ फराकिलो मतान्तरले पराजित गर्नुभएको हो । लम्सालले २७ हजार ६२१ मत प्राप्त गरेर विजयी हुँदा आर्चायले १६ हजार ५८९ मत प्राप्त गर्नुभएको छ । 

यसअघि प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) मा पनि वाम गठबन्धनको माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हुनुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!