प्रधानमन्त्री देउवाको डडेल्धुरामा समानुपातिकको मतपरिणाम यस्तो छ...

Posted on: 11 Dec, 2017

मङ्सिर २५, डडेल्धुरा | प्रधानमन्त्री शेर बहादुरको गृहजिल्ला डडेलधुरामा समानुपातिक तर्फ नेपाली काँग्रेसले सबैभन्दा बढी मत पाएको छ | उसले २५ हजार १४८ मत पाएको छ भने दोश्रो स्थानमा एमालेले १४ हजार १८० मत प्राप्त गरेको छ | 

त्यस्तै तेश्रो स्थानमा नेकपा माओवादी केन्द्रले ७ हजार ९५७ मत प्राप्त गर्दा चौथो स्थानमा विवेकशिल साझा पार्टीले ३६३ मत पाएका छन् | 

त्यस्तै राष्टिय जनमोर्चा ३०३ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) २६५, रा.प्र.पाले १९९, नेपाली जनता दल १२२, एकल चिन्ह हसिया तारा लिएका ९९, नयाँ शक्ति पार्टी नेपाल ४२, नेपाल मजदुर किसान पार्टी २४, संघिय समाजवादी फोरम २३, राष्ट्रिय जनता पार्टी १९, राष्ट्रिय जनमुक्ति पार्टी १३ र संघिय लोकतान्त्रिक राष्टिय मन्ज (थरुहट) ले ७ मत प्राप्त गरेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!