सर्लाही क्षेत्र न. ४ को मतगणना स्थगित, कहाँबाट आयो सिल नलागेका मतपेटि ?

Posted on: 11 Dec, 2017

सरोज यादव | सर्लाही, २५ मङ्सिर | सर्लाही क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । मतगणना गर्दै गर्दा नयाँ पेटिकाको सिल नलागेको पेटिहरु भेट्न थालेपछी राजपाका कार्यकर्ताहरु मतगणना रोक्न लगाईएको छ ।

काङ्ग्रेसका  गढ मानिएको बलराको मतपेटिकामा सिल नलागेको पेटिका भेटेपछी बिपक्षी राजपाका कार्यकर्ताहरुले मतगणना रोकिएको हो ।

यसपाली पनि काङ्ग्रेसले बुथ कब्जा गरेको हुनसक्ने बिपक्षी राजपाका नेता राकेश मिश्रले आरोप लगाउनु भएको छ ।

यहाँको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय जनता पार्टी नेपालले १६ हजार ३१८ मतले अग्रतामा छ भने नेपाली कांग्रेसका अमरेश कुमार सिहले १५ हजार ९३६ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!