सर्लाही-१ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका प्रमोद साह विजयी, को हुन् उनि ?

Posted on: 11 Dec, 2017

सरोज यादव | मङ्सिर २५, सर्लाही | सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राजपाका उम्मेदवार प्रमोदसाह विजयी भएका छन् । साहसँग नेकपा एमालेका उम्मेदवार धुब गौतम पराजित भएका हुन् । साहले २२ हजार ३६ मत प्राप्त गरेका छन भने गौतमले २१ हजार ४ सय ६४ मत प्राप्त गरेका छन् ।

विधार्थी जीवनबाट राजनीति सुरु गरेका ३९ वर्षीय साह २०५५ सालमा  रा.रा.ब  जनकपुरबाट स्वतन्त्र विधार्थी युनियनको उप सभापतिमा  विजयी बनेका थिए । २०५७ मा नेपाल विधार्थी मंचको  महासचिव बनेका साह २०५७ सालमा रा.रा. ब क्याम्पसको सभापतिमा निर्वाचित भए ।

२०५८ सालमा विद्यार्थी मंचको केन्द्रीय अध्यक्ष, २०६२ सालमा सद्भावना सर्लाहीको जिल्ला सचिव र २०६८ सालमा सद्भावना पार्टीको सर्लाही अध्यक्ष भई काम गरेका थिए । २०७० सालको दोश्रो संविधानसभामा क्षेत्र नं. ५ बाट सद्भावना पार्टीबाट चुनाव लडेका साह तराई मधेश लोकतान्त्रि पार्टीका जंगीलाल रायसंग पराजित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!