मतपेटिकामा पैसा र अर्धकट्टी सहित शुर्य र रुखमा छाप लागेको मतपत्र भेटिएपछी...

Posted on: 11 Dec, 2017

मंसिर २५, सुनसरी | सुनसरी ३ मा मतगणना गन्ने क्रममा मतपेटिकामा पैसा र अर्धकट्टी सहितको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ । मत पेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएको हो । यहाँ अहिले विवादले उग्र रुप लिएपछी मतगणना स्थागित गरिएको छ ।

नौं वटा अर्धकट्टी सहित भेटिएका मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लागेको बताइएको छ । सुनसरी ३ मै गणना भइरहेको मतपत्र भित्र २० रुपैयाँको नोट समेत भेटिएको छ । जसमा भने एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरिएको छ । अर्धकट्टी सहित भेटिएको मतपत्र सार्वजनिक गर्न र सिरीयल नम्बर देखाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले नमानेपछि विवाद भएको हो ।

अर्धकट्टी सहित भेटिएका मत बदर हुनुपर्ने माग राख्दै वाम गठबन्धनले माग राखेको छ । अहिले समस्या समाधान गर्नका लागि बैठक जारी छ । पैसा भेटिएको मतपत्र बदर भएको तर अर्धकट्टी सहित भेटिएको मत बदर नभएकाले मतगणना स्थागित गरेको एक एमाले नेताले बताए ।

सुनसरी क्षेत्र नम्बर ३ मा अहिले मत गणना जारी हुँदा वाम गठबन्धनकि उम्मेद्वार भगवती चौधरी १ सय ५५ मतले अगाडि हुनुहुन्छ ।

त्यहाँ नेपाली कांग्रेसका उम्मेद्वार विजयकुमार गच्छदारले २९ हजार एक सय सय ७१ मत ल्याउनुभएको छ भने भगवतीको २९ हजार ३ सय २६ मत रहेको छ । यहाँ अझै २० हजार मत गन्न बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!