गुल्मीबाट आयो पछिल्लो समानुपातिक मत परिणाम, कसको कति मत ?

Posted on: 11 Dec, 2017

प्रेम सुनार/मंसिर२५, गुल्मी । आज विहान देखि सुरु  गरिएको समानुपतिक तर्फको मत गणनामा नेपाली कांग्रेस र नेकपा एमालेको मत हाराहारी जस्तै देखिएको छ ।  

क्षेत्र नम्वर २ को प्रदेश १ मा प्रतिनिधी सभा तर्फको मत गणना हुँदा रुख चिन्हमा १० हजार भन्दा केहिबढि  मत खसेको निर्वाचन अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए । दिउँसो २ वजे सम्म मुसिकोट नगरपालिका ४ वडा , ईस्मा गाउँपालिकाका ४ वटा वडा र रेसुङ्गा नगरपालिकाका ४ वडा मत गणना सकिएको छ निर्वाचन अधिकृत न्यौपानेले भने अहिले सम्म १०७५८ मत गनिएको छ । उनका अनुसार खसेको उक्त मत मध्ये  रुख चिन्हमा   प्रतिनिधी सभा तर्फ  रुखमा ४३ सय ९९ । सुर्यमा ४९ सय ५७ ,  गोलाकार भित्रको हसिया हतौडामा ३ सय ४६ मत खसेको छ । 

त्यस्तै गाई चिन्हमा ६२, छाता २, गोलाकार भित्रको हलो ६, हसिया तारा १५, गिलास १ सय १२, घर ५, गोरु गढा ४०, देव्रे आँखा १४ , गाग्री १ , मादल १  । त्यस्तै प्रदेश तर्फ रुख ४१ सय ९२, सुर्य ४७ सय ६१ , हसिया हतौडा ३ सय ५४ मत खसेको छ । त्यस्तै गाई ६२ , छाता ७ , हलो ७२ , हातले छोपेको मशाल २ , हँसिया तारा १४ , गिलास ९४ , घर २ , गोरु गढा ३०, गाग्री १, देव्रे आँखा १७ र वस २ मा मत खसेको छ । क्षेत्र नम्वर २ मा कुल मत ५८ हजार ५९ मत खसेको थियो । सदर मत ५५ हजार ८ सय ५१ रहेको थियो । २ हजार २ सय ८ बदर भएका थिए । 

त्यस्तै क्षेत्र नम्वर १ को कालिगण्डकी, चन्द्रकोट र सत्यवतीका ४ ÷ ४ वडाहरुमा गणना भएको प्रतिनिधी सभाका लागि रुखमा ४ हजार  ५२ ,  सुर्यमा ४ हजार १ सय  ९८  र हँसिया हतौडामा १२ सय ८१ मत खसेको  प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए । दिउँसो २ वजेर ४५ मिनेट जाँदा सम्म कुल १० हजार ५ सय ९९ गणना  भएको छ । त्यस मध्ये ४ सय ९९ मत बदर भएको  न्यौपानेले बताए ।  त्यस मध्ये गाई चिन्ह्रमा ३३ , छाता १ , हलो ११ , हातले छोपेको मशाल १ , हसिया तारा १६ , गिलास १ सय ९९, मादल १, घर ७५, गोरु गढा १३ , देव्रे आँखा २१ , भाले २ मुठी ५० , तराजु १  सय ३ र केराको वोक्रो १  , सतकोण २ , दाव सहितको खुकुरी १ , पृथ्वी १ , भुँईकटहर १ , दुई वटा आँखा १ कोदालो चिन्हमा ३  , मोटर साईकलमा १ र करुवा चिन्हमा २  मत परेको छ ।  

 प्प्रदेश तर्फ रुखमा ३७९५ , सुर्यमा ३९५० , हसिया हतौडामा १४५५ मत खसेको छ । गाई ३४ , हलो २० , हातले समाएको मशाल २ , हसिया तारा १३ , गिलास २११ , घर ७७४ , गोरुगाढा ७ , देव्रे आँखा ४४ , वस १ , आयतकार हलो ७ , भाले ६ , मुठी ३७ , तराजु ८६ , सतकोण ५ , कमलको फुल २ , कोदालो ३ र करुवा चिन्हमा २   मत खसेको छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!