काभ्रेपलाञ्चोकका सबै स्थानमा वाम गठवन्धन विजयी

Posted on: 11 Dec, 2017

मङ्सिर २५, बनेपा । काभ्रेपलाञ्चोकको सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । 

दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत प्राप्त गर्नुभयो । 

सोहि क्षेत्रअन्र्तगत प्रदेशसभा सदस्य (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी चन्द्रबहादुर तामाङले १७ हजार ८५५ मत प्राप्त गर्नुभयो । 

प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका चन्द्र लामा २४ हजार ४७७ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गर्नुभयो । 

क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटा विजयी हुनुभएको छ । उहाँले काँग्रेसका मधुप्रसाद आर्चायलाई १७ हजार ८४८ मतान्तरले पराजित गर्नुभयो । बाँस्कोटाले ५४ हजार ४२७ मत ल्याएर विजयी हुँदा आचार्यले ३६ हजार ५७९ मत प्राप्त गर्नुभयो । 

सोहि क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य (क) मा वाम गठवन्धनबाट एमालेका लक्ष्मण लम्साल २७ हजार ६२१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका सुन्दरमणि आर्चायले १६ हजार ५८९ मत प्राप्त गर्नुभयो । 

प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका बसुन्धरा हुमागाईँले २८ हजार ६७७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका कञ्चनचन्द्र वादेले २१ हजार ७८० मत प्राप्त गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!