जसले सहिदको सपथ खाएर भने जनताको अभिमतको कदर हुने काम गर्छु (भिडियो सहित)

Posted on: 12 Dec, 2017

पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रदेशसभा १ बाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीले सहिदको नाममा सपथ खाएका छन् ।
जनयुद्द र त्यसपछिका देशका एतिहासिक आन्दोलनमा शहिद, बेपत्ता, अङ्गभङ्ग भएका, विपन्न, दलित, जनजाति, आदीबासी, मुस्लिम, अल्मसंख्यक लगायत सवै क्षेत्रको मतको कदर हुने गरी आफूले काम गर्ने बताएका छन् ।

उनले भ्रष्टाचारको विरुद्धमा आफू उत्रिने र आफूले पाएको मतको कदर गर्ने र कुनै पनि लोभलालचमा नलाग्ने बताएका छन् ।
झण्डै पाँच हजार मतको अन्तरले विजयी भएका अधिकारीले देश र जनताको अधिकारको लागि आफू सदैव लाग्ने बताएका छन् । उनले समाजबादको अभियानमा आफू निरन्तर लाग्ने बताए ।
देशलाई समाजबाद तर्फ लैजानकै लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको बताउँदै अधिकारीले आफू समाजबादको लागि सदैब लड्ने बताएका छन् ।

उनले आफूले चुनावका बेलामा गरेका बाचाहरु प्रथामिकताका साथ पुरा गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!