सर्लाहीमा मतगणना सम्पन्न, कसले कहाँ जिते ?

Posted on: 12 Dec, 2017

मंसिर २६, सर्लाही । सर्लाहीमा प्रतिनीधी र प्रदेश सभा सदस्यका लागि  मङ्सिर २१ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । 

यहाका ४ प्रतिनिधी सभा मध्ये २ ओटा क्षेत्रमा राजपा, नेपाली काँग्रेस र वाम गठबन्धनले एक एक क्षेत्रमा जित हात पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधी सभा सदस्यमा सर्लाही क्षेत्र नम्बर १ मा राजपाका प्रमोद साह, २ मा राजापा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय, ३ मा वाम गठबन्धनका रामेश्वर राय र ४ मा नेपाली काँग्रेसका अमरेश कुमार सिंह विजयी भएका हुन् । 

त्यस्तै ८ प्रदेश सभा रहेको सर्लाहीमा नेपाली काँग्रेस, वाम गठबन्धन, राजपा र संघीय समाजवादी फोरम २/२ ठाउँमा विजयी भएका छन् । प्रदेश सभा तर्फ १ को क मा राजपाका उपेन्द्र महतो, ख मा वाम गठबन्धनकी बेची लुंगेली, २ को क मा राजपाका गौरीनारायण महतो, ख मा संघीय समाजवादी फोरमका अशोक यादव, ३ को क मा वाम गठबन्धनका डिल्ली उप्रेती, ख मा संघीय समाजवादी फोरमका संजय कुमार यादव, ४ को क मा नेपाली काँग्रेसका विरेन्द्र प्रसाद साह, ख मा काँग्रेसकै उपेन्द्र प्रसाद कुशवाहा विजयी भएका मुख्य निर्वाचन अधिकृत राजेश कुमार काफ्लेले जानकारी दिनु भयो ।  

४ प्रतिनिधी र ८ प्रदेश सभाका लागि सर्लाहीमा भएको निर्वाचनमा कुल ३ लाख ८५ हजार ५ सय ८१ मतदाता मध्ये करीब ६५ प्रतिशतले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!