ओखलढुंगा कांग्रेसको विवाद : पूर्वाग्राही निर्णय सच्चाउन कुमार र लीलाको माग (विज्ञप्ती सहित)

Posted on: 12 Dec, 2017

ओखलढुगा । ओखलढुगा कांग्रेसमा विवाद बढेको छ । अन्तरघातका कारण चुनाव हारिएको निश्कर्ष निकाल्दै उमेद्वारहरुको हस्ताक्षरमा बिस जना कार्यकर्तालाई साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेको विषयले विवाद उत्पन्न गराएको हो । 


पार्टीलाई अन्तरघात गरेको भन्दै कांग्रेसले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरेका भनिएका महासमिति सदस्य कुमार लुईटेल र महाधिवेशन प्रतिनिधि लीलाबल्दब दाहालले आफुहरुप्रती पुर्वाग्रहि भएर कारबाही गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । दाहाल र लुईटेलले आज संयुक्त विज्ञप्ती जारी गरेर आफुहरु  कांग्रेसकै उमेद्वारका पक्षमा रहँदा रहँदै पनि गलत आरोप लगाएर कारबाहीको नाटक गर्नु गलत भएको दावी गरेका छन् । 

पराजित मानसिकताको उपजले गलत विश्लेषण गरेर कार्यकर्तामाथी गरिएको कारबाही तत्काल सच्चाउन माग गर्दै यसले कांग्रेसलाई थप दलदलमा फसाउने विज्ञप्ती मार्फत चेतावनी दिईएको छ । हारको झोकमा कांग्रेसले हिँजो बिस जना कार्यकर्तालाई कारबाही गरेको थियो । उक्त कारबाहीको कांग्रेस भित्रै चर्को आलोचना भईरहेको छ ।

विज्ञप्ती हेर्नुहाेस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!