समानुपातिकमा गुल्मीकी कमला बिश्वकर्माको सम्भावना

Posted on: 13 Dec, 2017

प्रेम सुनार | मङ्सिर २७, गुल्मी | गुल्मीकी समानुपातिक निवर्तमान सांसद कमला  बिश्वकर्माको यसपाली पनि समानुपातिक  प्रतिनिधी सभा सांसद हुने सम्भावना बढेको छ । नेकपा माले परित्याग गरी संघिय समाजवादी फोरम पार्टीमा प्रवेश गरेकी विश्वकर्मालाई सो पार्टीले प्रतिनिधी सभामा समानुपातिकमा राखेको छ । प्रत्यक्ष तर्फ १० वटा प्रतिनिधी सभा जितेको फोरमले करिव २ लाख ५० हजार मत समानुपातिकमा ल्याएको बिश्वकर्मा बताउँ छिन् । 

 हुन त मलाई गुल्मीबाटै प्रत्यक्षमा उठ्नु होस् भनेर पार्टीले भनेका थियो तर चुनाव महँङ्गो हुने, पैसाको समस्या पनि हुने र भर्खरको संगठन भएकोले म उठिन विश्वकर्माले हाम्रो जिज्ञाषामा भनिन् समानुपातिकमा मेरो दावा हुनु त स्वभाविक नै हो । निर्वाचन आयेगले  हरेक दलले सांसदमा महिला अनिवार्य ३३ प्रतिशत पुराउनु पर्ने भनेकोले  पनि आफुलाई पार्टीले पठाउन सक्ने उनको अनुमान छ । २०४८ साल देखि नेपा एमालेको राजनीतिमा लागेकी बिश्वकर्मालाई यस अघि मालेले गुल्मी साविकको क्षेत्र नम्वर २ वाटा दलित समानुपातिक सभासाद बनाएको थियो । तर उनि पछि उक्त पार्टीबाट असन्तुष्ट भई फोरममा प्रवेश गरेकी  थिईन् ।

विश्वकर्माले आफ्नो कार्यकालमा अहिलेको क्षेत्र नम्वर १ को विभिन्न स्थानमा सांसद विकास कोषबाट राम्रै विकासका कामहरु गरेकी थिईन् । उनलाई फोरमले अहिले शिल्पी समुदायको समानुपातिक कोटामा राखेको बताईएको छ । उनको घर गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ३ को हर्दिनेटा धरमपानीमा पर्दछ ।  गुल्मीमा नेकपा एमालेबाट रामकुमारी झाँक्रि, मैना भण्डारी, कांग्रेसबाट सुवर्ण ज्वारचन, माओवादी केन्द्रबाट गीता थापा समानुपातिकमा परेका छन भने दलितबाट एमालेका गणेश बिश्वकर्मा, कांग्रेसबाट झविन्द्र बिश्वकर्मा , जनजातीबाट वालसिंह काउछा समानुपातिकमा परेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!