काँग्रेस नेता परियारको निधन

Posted on: 19 Dec, 2017

पुस ४, रामपुर (रासस) | नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ । 

काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११:३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । 

उहाँको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!