रोल्पाका एक जननिर्वाचित वडाअध्यक्ष सम्पर्कबिहिन भएपछि...

Posted on: 21 Dec, 2017

पुस ६ रोल्पा । सुकिदह गाउँपालिका २ नं. वडाअध्यक्ष भुपाल दमाई सम्पर्कबिहिन भएका छन । 

केहिदिन अघि गाउँपालिको केन्द्र र नाम परिवर्तनका लागि प्रस्ताब गरि गाउँसभाबाट पास बनाए लगतै उनी सम्पर्कमा छैनन । गत मंसिर २९ गते देखि वडाअध्यक्ष दमाई सम्पर्कमा नआएको स्थानीय उमेशकुमार घर्तीले जानकारी दिए ।

उनी सम्पर्कबिहिन भएपछि, सेवाग्राही भने मर्कामा परेका छन । दमाई बेपत्ता भएपछि स्थानीयले कार्यालयमा तालाबन्दी गरे । वडा कार्यालयबाट दिने सेवासुबिधामा, उनको हस्ताक्षर र कार्यालयमा ताला लागेपछि सिफरिस लिन आएका वडाबासीहरु केहि दिन देखि कार्यायल परिसर आउने र फर्कने काम भैरहेको कार्यालय श्रोतले बतायो ।

उनको प्रस्ताबमा सुकिदह गाउँपालिको केन्द्र परिवर्तन गरि आफ्नै घर नजिक सारेपछि उनी हालसम्म सम्पर्कमा नभएको स्थानीयहरुको आरोप छ । 

सुकिदहका जनप्रतिनिधिहरु, गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती ,वडाअध्यक्ष राम बहादुर वली, भुपाल दमाई मिलेर जग्गाको ब्यापार गर्नका लागि केन्द्र परिवर्तन गरेको सुखाओढारका एक स्थानीयले बताए ।

“वडाअध्यक्ष कहाँ हुनुहुन्छ भन्ने हामीलाई थाहा छैन । यहाँ आएर वडाबासीले हाम्रो हैरान बनाए” कार्यालयका एक कर्माचारीले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!