क्याम्पस स्तरीय कानुन फुटबल प्रतियोगीता हुदैँ

Posted on: 22 Dec, 2017

भास्कर केसी/पुस ७, कञ्चनपुर । आजबाट काठमाडौँमा शुसिल कोईराला मेमोरियल फाउन्डेस कानुन फुटबल प्रतियोगीता हुदैँछ ।

काठमाडौँमा विश्व विद्यालय अन्र्तगतको विद्यार्थि कल्याण परिषदको आयोजनामा उत्त खेल पुस ७ बाट हुन लागेको हो । प्रतियोगीतामा नेपाल भरिका ५ पुरुष टीम र ४ महिला टीमको सहभागीता रहने आयोजक कमिटीका एक सदस्य हरिशंकर ढकालले जानकारी दिए ।

प्रतियोगीको विजेताले पुरुष र महिला टीम दुवैलाई छुट्टाछुट्टै ४० हजार नगत तथा उप विजेतालाई २० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल काठमाडौँमा विश्व विद्यालय स्थित रङगशालामा हुने आयोजकले बताएको छ । उद्घाटन खेल आयोजक र पुर्वाञ्चल विश्व विद्यालय महिला टिम बिच हुने खेल तालिका रहेको छ । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!