मृतक म्यादि प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख दिईने

Posted on: 24 Dec, 2017

पुस ९, काठमाडौं | प्रहरीको गोली लागी मृत्यु भएका म्यादि प्रहरी विवेक ऐडिको परिवारलाई २५ लाख क्षतिपूर्ति दिईने भएको छ । 

बिनाबिभागीए मन्त्रि महेन्द्र बहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो । बाँकी १५ लाख म्यादि प्रहरी हुँदा गरिएको बिमाबाट दिईने छ । मन्त्री शाहीले गृहमन्त्रालयलाई क्षतिपूर्ती रकम दिने निर्णय गर्न दबाब दिएका थिए ।  उनले छानबीन समिति गठन गरि मृतक ऐडिलाई शहीद घोषणा गर्न पनि दबाब दिएका छन् । 

मन्त्री शाहीको निरन्तरको दबाबपछि गृहमन्त्रालयले छानबीन समिति पनि गठन गरेको गृहमन्त्रालयका प्रबक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए । दुवाडीका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट गृहले चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितीमा  गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विक , प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ छन् । 

समितिले  ७ दिनभित्र प्रतिवेदन बुझाउने गरि समिति गठन गरिएको प्रबक्ता दुवाडीले बताए ।  घटनामा घाइते भएकाहरुको पनि निःशुल्क उपचार गरिने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!