रामेछापमा पूर्व वडा अध्यक्षको हत्या, ढुंगाले थिचेर राखिएको अवस्थामा फेला

Posted on: 25 Dec, 2017

पुस १०, रामेछाप | रामेछाप जिल्ला स्थित हालको दोरम्बा गाउँपालिका–२ मा पूर्व वडाअध्यक्ष बाबुराम तामाङको हत्या भएको छ ।

आइतबार राति दोरम्बा गाउँपालिका–१ को थापागाउँमा हत्या गरी ढुंगाले थिचेर राखिएको अवस्थामा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ ।

४८ बर्षीय तामाङ २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको हत्या कसले गरेको भन्ने बारे अहिलेसम्म कुनै जानकारी प्राप्त गर्न सकिएको छैन । 

- फाइल तश्विर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!