दिपायललाई राजधानी तोक्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Posted on: 28 Dec, 2017

प्रकाश बम/पुस १३, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीबासीले सुदुरपश्चिम क्षेत्रिय प्रशासन कार्यालय दिपायल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 


आज बजार परिक्रमा गरी सुदुरपश्चिम क्षेत्रीय प्रशासन कार्यलय राजपुर दिपायलको गेट अगाडी संघर्ष समितिका सदस्य बिक्रम साउदले सुदुर पश्चिम क्षेत्रीय प्रशासन कार्यलयकका सुब्बा मोतीलाल महरालाइ ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझ्दै सुदुर पश्चिम क्षेत्रीय प्रशासन कार्यलयकका सुब्बा महराले मागलाई नेपाल सरकार प्रधानमन्त्रीको कार्यालयमा अहिले नै जानकारी गराउने बताए थिए ।

दिपायल सुरक्षा, भौतिक संरचना सहित भौगोलिक रुपले समेत प्रादेशिक राजधानीलागि उपयुक्त भएको दाबी गर्दै सरकारलाई दवाव दिन आज दोस्रो दिन ध्यानाकर्षण पत्र बुझाएको उद्योगबाणिज्य संघ डोटीका उपाध्यक्ष साउदले बताउनु भयो । प्रदेश नं ७ को राजधानि दिपायल नै हुनु पर्छ भन्दै बुधबार देखि साताब्यापि  दबाब कार्यक्रम सार्वजनिक गरीएका छन् ।


संघर्ष समितिले  बुझाएको ज्ञापनपत्रमा नौ वटै जिल्लाको पायक पर्ने स्थान रहेको ,संबेदन शिलताका आधारले सुरक्षित, गौणाका रुपमा स्थापित, ऐतिहासिक आधाहरु, भौतिक संरचनाहरु प्रयाप्त ,सामाजिक साँस्कृतिक पहिचान, पहुँचको सुगमता, साविकको सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम, ३६ करोडको सभाहल दिपायलमा मात्र भएको, तराईमा हुने जनसंख्याको चाप कम गर्न तथा पहाडको बसाई सराईलाई न्युन गर्न गर्ने जस्ता प्रयाप्त आधार भएकाले दिपायलमा नै राजधानि कायम गर्न ध्यानाकर्षण पत्र उल्लेख गरीएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!