दिप्रुङ गाउँपालिकाको केन्द्र निर्वाचनबाट टुंगो लाग्यो

Posted on: 28 Dec, 2017

चिसाङ शेर्पा/पुस १३, खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकाको केन्द्र र नामको विवाद निर्वाचनबाट टुंगो लागेको छ । विहिबार सम्पन्न निर्वाचनबाट पालिकाको केन्द्र स–छितापोखरी ५ याङशोलाटारमा रहने भएको छ ।

गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका–५ तृतियाभञ्ज्याङमा राख्ने वा दिप्रुङ गाउँपालिका–५ स–छितापोखरीको याङशोलाटार राख्ने भन्ने विषयमा विवाद चुलिएपछि गाउँपालिकाको गाउँसभाले निर्वाचनका माध्यमबाट गाउँपालिकाको केन्द्र टुंगो लगाएको हो ।

निर्वाचनले दिप्रुङ गाउँपालिकाको केन्द्र याङशोलाटार बनाउँने र नाम दिप्रुङ चुइचुम्मा गाउँपालिका राख्ने टुंगो लगाएको छ । निर्वाचनमा तृतियाभञ्ज्याङ केन्द्र वनाउने पक्षमा १७ मत र याङशोलाटार केन्द्र वनाइनुपर्ने पक्षमा १८ मत खसेको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । निर्वाचनमा ३५ जनाले भाग लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!