रोल्पामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कार्यकक्षमै थुनिए

Posted on: 29 Dec, 2017

पुस १४, रोल्पा । सुकिदका स्थानीयले गाउँपालिका अध्यक्ष बिर बहादुर केसी र उपाध्यक्ष रिता घर्तीलाई कार्यकक्षमै ताला लगाएका छन । 

गत मंसिर २७ र २९ गतेको गाउँसभाले गरेको निर्णयका बिरुद्धमा आन्दोलित भएका उनीहरुले आज अध्यक्ष र उपाध्यक्षकै कार्यकक्षमा गएर ताला लगाईदिएको स्थानीय तिलक वलीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्ष घर्ती कार्यालयमा बसिरहेको बेलामा आएका स्थानीयहरुले ताला लगाएर हुलेको वलीले बताए ।

सुकिदहको दोस्रो गाउँसभाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो, सोहि निर्णयका बिरुदमा यहाँका स्थानीयहरु केहिदिन यता देखि आन्दोलित छन । जनताको माग सम्बोधन गर्ने भन्दा पनि भाग्दै हिडेको र बिभिन्न संचारमा माध्यमा उत्तेजित बनाउने अभिब्यक्तिमा आपत्ति जनाएका छन ।

आन्दोलित स्थानीयहरुले आज देखि सम्पुर्ण सरकारी कार्यलय, यातायातका साधन बन्द गर्ने निर्णय गरेको संर्घष समितिका संयोजक रोशनकुमार वलीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!