७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै शान्तिपुर्ण र्याली

Posted on: 29 Dec, 2017

प्रकाश बम | पुस १४, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै संघर्ष समिती डोटीले आज शान्ति पुर्ण र्याली निकालेको छ ।

प्रदेशको राजधानि दिपायल घोषणा गर भन्दै दिपायलको पिपल्ला , एयरपोर्ट र राजपुर लगायतका ठाउमा सयौँको सङ्ख्यामा हातमा प्लेकार्ड समातेर मानिसहरु र्याली आएका हुन् । बुधबार देखि ७ नम्बर प्रदेशको राजधानि दिपायल नै हुनुपर्ने माग गर्दै साताब्यापि दबाबका कार्यक्रम चलिरहेका छन् । भोली २ घण्टा कुलपातेमा रिले चक्काजामको कार्यक्रम समेत रहेको संघर्ष समितिका सदस्य बिक्रम बहादुर साउदले जानकारी दिनु भयो ।

नौ वटै जिल्लाको पायक पर्ने स्थान रहेको ,संबेदन शिलताका आधारले सुरक्षित, गौणाका रुपमा स्थापित, ऐतिहासिक आधाहरु, भौतिक संरचनाहरु प्रयाप्त, सामाजिक साँस्कृतिक पहिचान, पहुँचको सुगमता, साविकको सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम, ३६ करोडको सभाहल दिपायलमा मात्र भएको, तराईमा हुने जनसंख्याको चाप कम गर्न तथा पहाडको बसाई सराईलाई न्युन गर्न गर्ने जस्ता प्रयाप्त आधार भएकाले दिपायलमा नै राजधानि कायम गरीनु पर्ने डोटी उघोग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले साझा सबाल अनलाइनलाई बताउनु भयो ।

साताब्यापि दबाबका कार्यक्रम बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!