दलहरुको प्रचार-प्रसार सामग्री समुदायिक सेवा केन्द्रले हटायो

Posted on: 01 Jan, 2018

भास्कर के.सी/पुस १७, कञ्चनपुर । निर्वाचन आयोगले हालै सम्मपन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलहरुले प्रयोग गरेको प्रचार प्रसार समाग्री सार्वजनिक स्थल बाट हटाउनका लागि पटक पटक दलहरुसँग अनुरोध गरेको र जसले गर्दा सहर बजार तथा गल्लिहरुको स्थीति कुरुप भएको थियो ।

प्रचार प्रसार समाग्रीलाई महेन्द्रनगर स्थित समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्ण प्रसाद बोगटीको नेतृत्वमा भिमदत्त नगरको मदन चौक देखि सब्जीमण्डी हुदै दशरथ चौक सम्मका सम्पूर्ण प्रचार समाग्री हटाउने कार्य गरि उक्त प्रचार समाग्री सम्बन्धीत दलहरुलाई आ–आफ्नो दलको प्रचार सामाग्री बुझी लैजानका लागि महेन्द्रनगर स्थित स्मारका जम्मा गरि राखेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका सचिव विमल खडायतले जानकारी गराउनु भयो । 

साथै प्रचार प्रसार समाग्री विभिन्न स्थान बाट हटाएपछि बजारको सौन्दर्य बडेको स्थानिय व्यापारि बताउछन् ।

सामुदायिक सेवा केन्द्रले समाजको विकृति विसंगति हटाउने कार्य देखि विभिन्न समाजिक कार्य गर्दै आइरहेको छ । माघको महिनामा आँखा शिविर संञ्चालन गर्ने भएको छ । जसमा जेष्ठ नागरिक, विपन्न वर्ग तथा असाहयहरुलाई सहभागी गराई सेवा दिने लक्ष्य रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!