रोल्पामा गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय र आन्दोलन माघ ५ गतेसम्म स्थगित

Posted on: 03 Jan, 2018

मनिषा राई/पुस १९, रोल्पा । रोल्पाको सुबर्णावती गाउँपालिकामा नाम परिबर्तन गर्ने र सुकिदह गाउँपालिकामा नाम संगै केन्द्र समेत परिवर्तन गर्ने निर्णय भएपछि चर्किएको आन्दोलन माघ ५ गते सम्मका लागि स्थगित गरिएको छ । 

जिल्ला समन्वय समितिको पहलमा भएको सर्बदलिय, सर्बपक्षिय छलफलबाट बिबादित बिषयहरु सम्बन्धित गाउँपालिकामा लगेर थप छलफल गर्नका लागि माघ ५ गते सम्म सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिईएको हो । 


सुबर्णावती गाउँपालिकाका प्रमुख गुणेन्द्र घर्तीले अहिलेलाई दुबै पक्षले बिबादित बिषयलाई आ–आफ्नो गाउँपालिकामा लगेर ब्यापक रुपले थप छलफल गराउने निर्णय गरिएको जानकारी दिनुभयो । 

त्यसैगरी प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले गाउँपालिकाले गरेका निर्णय ५ गते सम्म अघि नबढाउने र त्यतिन्जेल आन्दोलनका कार्यक्रम पनि रोक्ने सहमति भएको बताउनुभयो ।

यता संयुक्त संघर्ष समितिले भने सुवर्णावती को नाम परिवर्तन नै गर्नु हुदैन भन्ने रहेता पनि सुवर्णावती र सुनिल स्मृती गाउपालिका दुबै को बिकल्पमा सहिद स्मृती गाउपालिका नामाकरण हुनसक्ने बिकल्प अगाडि बढाएको वडा नं. ४ का वडाअध्यक्ष गन्ज क्षेत्रीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!