दिपायल राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना (बिज्ञप्ति सहित)

Posted on: 10 Jan, 2018

पुस २६, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा धर्ना दिईएको छ । १३ दिनदेखीको आमहड्ताल सहितको कार्यक्रम परिमार्जन गर्दै संघर्ष समितिले मंगलबारबाट धर्नाका कार्यक्रम अघि सारेको हो ।

यसअन्तर्गत पहिलो दिनको कार्यक्रम अन्तर्गत उद्योगी ब्यबसायीहरुको टोलीको नेतृत्वमा धर्ना दिईरहेका छन् । मंगलबारदेखी एकसातासम्म धर्ना तथा दबाबका कार्यक्रमहरु हुने संघर्ष समितिका संयोजक तथा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । साताको अन्त्यमा भने बिशाल जनप्रदर्शनको कार्यक्रम गरिने उहाले बताउनुभयो । 

यसैबिचमा सरकारले दिपायलको बिपक्षमा निर्णय गरिहालेको अबस्थामा भने कडा आन्दोलनमा उत्रने संघर्ष समितिले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!