श्री ५ पृथ्वीनारायणको सबैभन्दा ठुलो शालिक बैतडीमा बनाईने

Posted on: 11 Jan, 2018

नरी बडु/पुस २७, बैतडी । राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सबैभन्दा ठुलो शालिक बैतडीमा बनाईने भएको छ । 

सबै नागरिकलाई आफ्नो राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार बनाउन बैतडी जिल्लामा शालिक बनाउन लागिएको हो । राष्ट्रियता संरक्षण अभियानले आज बैतडीमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी दिएको छ ।


११ फिट लोमो पृथ्वीनारायण शाहको शालिक बनाईने र त्यसका लागि तयारी भईरहेको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिनुभयो । 

“राष्ट्रियता संरक्षणका साथसाथै यहाँको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले बैतडीमा सबैभन्दा ठुलो राष्ट्र निर्माता पृथ्वीनाराणण शाहाको शालिक बनाउछौँ ।” लेखकले भने । बिहिबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अभियानले यस्तो धोषणा गरेको हो ।

यसबारेमा जिल्लाका विभिन्न सरोकारवालाहरुसंग पनि परामर्श गरिने अध्यष लेखकले बताए । शालिक दशरथचन्द नगरपालिकाको गोठलापानी, गडी र शाहिलेक बजार नजिक कुन ठाँउ राख्ने भन्ने बारेमा पनि छलफल भईरहेको उहाँको भनाई छ । 

जनतामाझ लोकप्रिय एवमं एकताका नायक राजा पृथ्वीनारायण शाहले विभिन्न खण्डमा विभाजित नेपाललाई एकिकरण गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!