प्रादेशिक राजधानी धनकुटा माग गर्दै आज पनि धर्ना

Posted on: 12 Jan, 2018

पुस २८ काठमाडौँ  | प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौँले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ धर्ना दिएको छ । 

पूर्वाधार, सामथ्र्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आज बिहान ८: ३० देखि १० बजेसम्म माइतीघर मण्डलामा धर्ना दिएका हुन् । 

यसअघि पटक पटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिँदै आएका थिए । धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!