दिपायल राजधानी माग गर्दै १७औँ दिनदेखि आन्दोलन जारी

Posted on: 12 Jan, 2018

प्रकाश बम/ पुस २८, डोटी  । ७ नम्बर प्रदेशको राजधानि दिपायल माग गर्दे १७ औ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ ।

१३ दिनदेखीको आमहड्ताल सहितको कार्यक्रम परिमार्जन गर्दै संघर्ष समितिले बुधबार देखि आन्दोलनको स्वरुप परीवर्तन गरी धर्नाको कार्यक्रम गरेको हो ।

शुक्रबार चौथो दिनको कार्यक्रम अन्तर्गत होटल ब्यबसायी संघ डोटीका अध्यक्ष दिपक खड्का सहीत होटल ब्यवसायिहरु सुदुर पश्चिम क्षेत्रिय पशासन कार्यलयको गेट अगाडी धर्ना दिईरहेका छन् ।


साताको अन्त्यमा भने बिशाल जनप्रदर्शनको कार्यक्रम गरिने संघर्ष समितिका संयोजक तथा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो

सरकारले दिपायलको बिपक्षमा निर्णय गरे सरकारको बिरुद्धमा कडा आन्दोलनमा उत्रने संघर्ष समितिका संयोजक खड्काले  जानकारी दिनु भयो ।

त्यस्तै दिपायल राजधानिको माग गर्दै चार दिन देखि रिले अनसन समेत शुरु गरीएको छ । सायल गाउँपालिका–५, पटकानीका ३५ वर्षीय तेज डुम्रेल र डा. केआइसिंह गाउँपालिका–४, चन्केसैनका ५० वर्षीय खगेन्द्रप्रसाद भट्टले रिले अनशन थालेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!