राष्ट्रियसभा चुनावका लागि डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Posted on: 13 Jan, 2018

प्रकाश बम/पुस २९, डोटी । निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगले माघ २४ गते हुने राष्ट्रियसभा चुनावको लागि सात वटै प्रदेशमा आज निर्वाचन अधिकृतको कार्यलय खोलिएको छ । 

त्यसै अनुरुप ७ नम्बर प्रदेशको डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ  । आयोगले बुधबार निर्वाचन अधिकृत नियुक्त गरेपछि आज कार्यालय स्थापना गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो ।

प्रदेश नम्बर ७ मा नौ वटा जिल्ला रहेका छन् । निर्वाचन प्रक्रिया माघ ७ गते देखि शुरु हुने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!