नेपाल मगर संघ ज्वालामुखी गाउँपालिकाको प्रथम अधिवेसन सम्पन्न (फोटो फीचर)

Posted on: 14 Jan, 2018

पुस २९, धादिङ्ग | नेपाल मगर संघ ज्वालामुखी गाउँपालिक इकाई समितिको प्रथम अधेवेशन उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । 

ज्वालामुखी ५ (खरी) मा सनिबार सम्पन्न उक्त कार्यक्रमको संयोजन बाबु आलेले गरेका थिए भने प्रमुख अथिति नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर, बिशेष अथितिमा प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारी, पुर्व सांसद गुरुप्रसाद बुर्लाकोटी, गाउँपालिका अध्यक्ष बिनोदराज तिमिल्सिना लगायत मगर संघका केन्द्र तथा जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो । 

नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरको हातबाट उद्घाटन भएको कार्यक्रममा नव निर्वाचित प्रदेश सांसद तथा गाउँपालिका स्तरीय नेताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा मगरको संस्कृति झल्काउने बिबिध सांस्कृतिक कार्यक्रम, झाँकी तथा मगरहरुको मौलिक सोराठी नृत्य समेत प्रस्तुत गरिएको थियो ।

मगर संघको प्रथम अधिवेनबाट ज्वालामुखी गाउँपालिका (स्थानीय तह)को चुनावमा चयन भएका व्यक्तिहरु निम्न रहेका छन् ।

अध्यक्ष: गोगन बहादुर राना मगर 

उपाध्यक्ष: खुम बहादुर मगर 

सचिव: गम बहादुर आले मगर 

सह सचिव: संगीता राना मगर 

कोषाध्यक्ष: बबिता राना मगर 

थप ७ सदस्यहरु: 

मगर संघको प्रथम अधिवेनबाट ज्वालामुखी गाउँपालिका (स्थानीय तह)को लागि मगर महिला संघ अन्तर्गत निम्न व्यक्तिहरु चयन भएका छन् ।

अध्यक्ष: सरिता थापा मगर 

उपाध्यक्ष: मुना दर्लामी मगर 

सचिव: अम्बर कुमारी आले मगर 

सह-सचिव: कुमारी राना मगर 

कोषाध्यक्ष: समिक्षा मगर 

थप ८ सदस्यहरु: 




यस बिषयमा तपाइको प्रतिक्रिया...!