रुपन्देहीमा राजधानी तोकिएपछि कपिलवस्तुमा आन्दोलन चर्कियो

Posted on: 18 Jan, 2018

माघ ४, कपिलवस्तु । बुधबार बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेपछी विभिन्न ठाउँमा दिपावली मनाउने र त्यसको बिरोधमा आन्दोलन भइरहेका छन । 


यसै क्रममा ५ नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देही तोकेपछि कपिलवस्तु युवा संघर्ष समितिले आजदेखी अनिश्चितकालीन बन्दको घोषणा गरेको छ । अनिश्चितकालिन बन्दले यहाँको जनजीवन विहानैदेखि प्रभावित भएको छ । 

प्रदेश नं ५ को राजधानी कपिलवस्तु  हुनपर्ने माग राख्दै कपिलवस्तु अनिश्चितकालिन बन्द गरिएपछि विहानैबाट सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।


प्रदेश ५ को राजधानी कपिलवस्तु हुने  मागसहित बिहान ६ बजेदेखि नै बन्दकर्ता सडकमा उत्रेर प्रदर्शन सुरु गरेका हुन् । राजधानी माग गर्दै सुरु भएको आम हड्तालमा नागरिक अगुवा, उद्योगी, व्यवसायी एवम् नागरिकहरु सहभागी भएका छन् ।

बन्दका कारण जनजीवन पुरै प्रभावित भएको छ । बिहानदेखि यातायात, बजार, स्कुल तथा कलेज सबै ठप्प छ । सरकारले कपिलवस्तु लाई इतिहास देखी नै ठग्दै आएको र अहिले पनि यसलाई उपेक्षा गरि अन्यत्र राजधानी तोकेको हुँदा सरकारलाई आफ्नो गल्ती सच्याउन दबाब दिन सडकमा आउन बाध्य भएको कपिलवस्तु युवा संघर्ष समितिले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!