प्रदेश राजधानी माग्दै दाङमा जारी आमहड्ताल स्थगित

Posted on: 20 Jan, 2018

माघ ६, काठमाडौं । प्रदेश राजधानीको माग गर्दै दाङमा पााच दिनदेखि जारी आमहड्ताल स्थगित भएको छ ।


संयुक्त संघर्ष समितिले आन्दोलनको स्वरुप परिर्वतन गर्ने र आम हड्ताल स्थगित गर्ने निर्णय गरेको छ ।  

शनिबार राति ११ बजेदेखि आमहड्ताल स्थगित हुने तर अन्य विरोधका कार्यक्रम भने जारी राख्ने संयुक्त संघर्ष समितिले जनाएको छ ।

सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेपछि दाङ आन्दोलित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!