प्रधानमन्त्रीको पुत्ला दहन

Posted on: 21 Jan, 2018

माघ ७, कपिलवस्तु | प्रदेश ५ को मध्य भागमा रहेको, पर्याप्त भूमि, समतल भू–भागको उपलब्धता, अन्य जिल्लाको तुलनामा कपिलवस्तु उत्तम भन्दै युवा संघर्ष समितले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिदै प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दबाब दिन प्रधानमन्त्रीको पुत्ला जलाउनुपरेका संघर्ष समितीका संयोजक रउफ अहमद खांले बताए ।

आन्दोलन निरन्तर रहने र प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र समेत बुझाइने समितीका सदस्य बृजेश भटराले बताए । जिल्लाका युवाहरु संगठित रुपमै प्रदेश राजधानी कपिलवस्तुमा हुनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।


खुला संग्रहालय, गौतमबुद्धसँग सम्बन्धित १०० भन्दा बढी स्थल  सम्पुण ऐतिहासिक, धार्मिक महत्वका पर्यटकिय क्षेत्र, नजिकै अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल, गौतम बुद्धको कर्मभूमि, प्राचीन शिव मन्दिर, शुद्धोधनको राजप्रसाद तिलौराकोटमा रहेकोले कपिलवस्तुमा प्रदेश–५ को राजधानी बनाउनुपर्ने समितिको माग रहेको छ। - आभास पौडेलको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!