तीन नम्बर प्रदेशसभामा रामेछापबाट तीन प्रदेश सांसदले सपथ ग्रहण गरे

Posted on: 21 Jan, 2018

प्रज्वल पौडेल । माघ ७, काठमाण्डौ ।

तीन नं प्रदेशको अस्थायी मुकाम मकवानपुरको हेटौँडामा प्रदेश सांसदहरुले शपथ ग्रहण गरेका छन् । आइतबार बिहान ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले प्रदेश प्रदेशसभा सदस्यहरुलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा शपथ गराएका हुन् ।


यसैवीच तीन नं प्रदेशमा रामेछापबाट तीन जना सांसदले सपथ ग्रहण गरेका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट शान्ति पौडेल, प्रदेशसभा क्षेत्र नम्बर २ मा वामगठबन्धनबाट कैलाश ढुंगेलले प्रत्यक्ष निर्वाचनबाट सांसद बनेका छन् भने प्रदेशसभाका लागि रामेछापबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रीता माझी समानुपातिकबाट सांसद भएकि हुन् ।


३ नं प्रदेश अन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लामा ११० जना प्रदेशसभा सांसद रहेका छन् ।




 

यस बिषयमा तपाइको प्रतिक्रिया...!