प्रदेश नं ३ बाट राष्ट्रियसभामा एमालेका ६ उम्मेदवार चयन (सूचीसहित)

Posted on: 23 Jan, 2018

प्रज्वल पौडेल । माघ ९, काठमाण्डौ ।

नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागी सात वटै प्रदेशका उम्मेदवार चयन गरेको छ । एमाले स्थायी कमिटीको सोमबार र मंगलबारको बैठकले सातै प्रदेशका उम्मेदवारहरु चयन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार दोस्रो दिन बसेको स्थायी कमिटिको बैठकले प्रदेश नं ३ बाट ६ जना उम्मेद्वारको नाम टुङ्गाे लगाएको छ । 

१. पार्वती रावल (महिला), चितवन

२. उदया शर्मा (महिला), काठमाण्डौ

३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक

४. वलराम बाँस्कोटा (खुला), काठमाण्डौ

५. बेदुराम भुसाल (खुला) , काठमाण्डौ

६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेका थिए ।

प्रदेश नं ३ मा एमालेले ६ जना र माओवादी केन्द्रले २ जना उम्मेद्वार उठाउने सहमति गरेका थिए । जस अन्तरगत माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा  "वादल"लाइ (खुला) र गंगा पराजुलीलाइ (महिला) कोटामा उम्मेद्वार बनाएको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट रहने व्यवस्था छ  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!