प्रदेश ७ को राजधानी दिपायल माग्दै सांसद धर्नामा

Posted on: 26 Jan, 2018

प्रकाश बम/माघ १२, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै ३१ दिन देखि चलीरहेको आन्दोलनमा समर्थन जनाउदै प्रदेश सांसद भरत बहादुर खड्का धर्नामा बसेका छन् । 

आज क्षेत्रिय प्रसाशन कार्यलयको राजपुरको गेट अगाडी आन्दोलनकारीसंग सहमति जनाउदै खड्का धर्नामा बसेका हुन् । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाइ सफल पार्न आन्दोलनको स्वरुप परीवर्तन गरीएको भए पनि जिल्ला प्रशासन कार्यालय र क्षेत्रिय प्रसासन अगाडी धर्ना दिने कार्यक्रम चलिरहेका  छन् ।


सरकारले माग ३ गते ७ नम्बर प्रदेशको अस्थायि मुकाम धनगढी तोकेर डोटेली जनताको मागको वेवास्ता गरेर गलत निर्णय गरेको सांसद खड्काले बताएका छन् । खड्का शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा समेत धर्ना बसेका थिए ।

मंगलबार प्रदेश सभा ख का सांसद त्रिलोचन भट्टपनि क्षेत्रिय प्रसासन कार्यलय अगाडी आन्दोलनकारी संग धर्नामा बसेक थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!