यो सरकारले बामगठबन्धन भत्काउन सक्दैन–बाणिज्य मन्त्री विश्वकर्मा (भिडियो सहित)

Posted on: 31 Jan, 2018

महेन्द्र केसी

पर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले नेपाली काँग्रेस र बर्तमान सरकारसँग बामगठबन्धन तोड्ने हैसियत नभएको बताएका छन् ।

मंगलबार पर्वतमा शहिद स्मारक आमाविको २५ औ बार्षिकउत्सवको अबसरमा शहिद स्पन्दन पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।बामगठबन्धनका केहि नेताहरुले बामगठबन्धन तोड्न नेपाली काँग्रेस लागिरहेको कुरा बाहिर आइरहेको भन्दै उक्त हैसियत आफूहरुसँग अहिले नभएको बताएका हुन् । 

सरकारले पछिल्लो समयमा समाजिक सुरक्षा भत्ता तथा क्यान्सर लगायतका  रोगीहरुलाइ मासिक पाँच हजार दिने निर्णय गर्नु कुनै पनि अबैधानिक नभएको मन्त्री विश्वकर्माले स्पष्ट पारेका छन् ।

सरकार सरकारमा बसिन्जेल सरकार अबैधानिक नहुने भन्दै सरकारले गरेको निर्णय बैध भएको उनले बताए । निर्वाचन आचारसंहिताका कारण आफूहरुले कुनै पनि निर्णय गर्न नपाएको र यहिले गरेको मन्त्री विश्वकर्माले बताए ।   प्रधानमन्त्री शेरबहादुर देउवा निर्णय गर्न नडराउने निडर भएका कारण पनि यस्ता निर्णय गरिएको उनले बताए ।

सरकारमा बसिन्जुलेसम्म निर्णय गर्ननसक्ने तर कामचलाउन अबस्थामा जाने बेलामा विभिन्न निर्णय गर्ने भन्ने प्रश्न पनि आउन सक्छ तर यो हामीलाई बाध्यता थियो उनले भने । चुनाव गराउनको लागि सरकार गठन भएको र गठनलगत्तै आचारसंहिता लागेका कारण कुनै पनि निर्णय गर्न नसकेको उनले बताए ।

देउवा सरकार पनि फुटबल खेलजस्तै भयो । ९० मिनेटसम्म गोल गर्नको लागि खुट्टामा बल भएन आचारसंहिताले रोक्यो । समय सकियो यो अतिरित्त समयमा गोल गर्ने मौका मिल्यो त्यसैले हामीले जूनजून योजना जनताको हितको लागि गर्छौ भनेका थियौं त्यहि गरेका हौं । अतिरित्त समयमा गोल हानेको गोल मानिदैन भनेर विरोध गरेजस्तै अहिलेको सरकारले गरेको निर्णयको विरोध गर्नु उस्तै भएको उनले बताए ।

नेपाली काँग्रेसको पपुलर भोट छ तर अंकगणितमा पछि भएका कारण आफूहरु सरकार बाहिर बस्नुपर्ने बाध्यता भएको बताउँदै उनले अमेरिका हिलारी क्लिटनलाई जस्तै नेपाली काँग्रेसलाई भएको बताए । समानुपातिका आफ्नो भोट एमालेको भन्दा कम नभएको उनको तर्क थियो । यहि सरकार असारसम्म चल्ने हो र यहि सरकारले बजेट ल्याउने हो भने अझै के के गरिन्थ्यो तर हामीलाई त्यो हैसियत अंकगणितका आधारमा छैन उनले भने ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!