प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका त्रिलोचन भट्ट !

Posted on: 02 Feb, 2018

माघ १९, डोटी । वाम गठबन्धनको तर्फबाट प्रदेश ७ मा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको कोटा पाएसँगै सोआ लागि माओवादी पोलिटव्यूरो सदस्य एवंम डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस भएको छ ।

शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरिएको हो । छलफलमा भट्टको नाममा सहमति भएपछी उनैको नाम सिफारिसमा लागिएको हो तर औपचारिक निर्णय हुन भने बाँकी रहेको जनाइएको छ ।

उनको नाम सिफारिस भएको र केहि दिनभित्रै केन्द्रले निर्णय लिने बताइएको छ ।

प्रदेश ७ मा मुख्यमन्त्री पदका लागि पार्टीभित्र अन्य सदस्यहरुको नाम समेत चर्चामा रहे पनि पार्टी प्रदेश कमिटीले तुलनात्मक रुपमा कम चर्चामा रहेका भट्टको नाम अघि सारेको हो । भट्टले द्वन्द्वकालमा भूमिगत राजनीतिक जीवन बिताएका र माओवादीमा इमानदार छबी बनाएका कारण उनैलाई मुख्यमन्त्री पदमा सिफारिस गरिएको बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!