निषाद जातीहरुको भेला नवलपरासीको पक्लिहवामा सम्पन्न

Posted on: 03 Feb, 2018

श्याम थापा/माघ २०, सुस्ता । निषाद उत्थान केन्द्र नेपाल जिल्ला कार्यसमिति नवलपरासीको आयोजनामा निषाद (केवट) जातिहरुको भेला नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका स्थित पक्लिहवामा सम्पन्न भएको छ । 


निषाद उत्थान केन्द्र नेपाल पक्लिहवाका कोषाध्यक्ष राजकुमार निषाद ९केवट०को अध्यक्षयतामा र निषाद उत्थान केन्द्र नेपाल केन्द्रिय कार्यसमितिका माहासचिव ध्रुब लाल प्रसाद निषाद९केवट०को प्रमुखअतिथ्यतामा भएको निषाद जातीहरुको भेलामा सुस्ता गाउँपालिकाका करिब २०० जना निषाद जातिहरुको सहभागिता रहेको थियो । 

निषाद उत्थान केन्द्र नेपाल जिल्ला कार्यसमिति नवलपरासीका जिल्ला सदस्य सुरज निषाद९केवट०को संचालनमा भएको सो कार्यक्रममा सोनि निषाद,लाल वचन निषाद, जीवन निषाद, सरावल गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष दिनेश साहानी निषाद,बाबुराम निषाद केवट र पक्लिहवाका समाजसेवी बलवन्त यादव लगाएतका बक्ताहरुले आफ्नो जातीयहरुको हक अधिकारका लागि सधै अग्रसर हुनु पर्ने बक्ताहरुको जोड रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!