पूर्वप्रधानमन्त्रीहरूले कूटनीतिक मर्यादा उल्लंघन गर्नुभयो: थापा

Posted on: 03 Feb, 2018

माघ २०, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदा पूर्व प्रधानमन्त्रीहरूले भेट गर्नु कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानविपरीत भएको बताउनुभएको छ । 

उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री समेत रहनुभएका मन्त्री थापाले आज हेटौँडामा राप्रपा, मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत र दलीय स्वार्थका लागि भेट उपयुक्त भए पनि राष्ट्रिय स्वाभिमानविपरीत भएको उल्लेख गर्नुभयो । 

फरक प्रसंगमा मन्त्री थापाले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जनताले देशमा राजनीतिक स्थिरता र बलियो सरकारका लागि वाम गठबन्धनलाई स्पष्ट जनादेश दिएकाले जनमतको कदर गर्दै वाम गठबन्धनलाई सरकार चलाउन दिनुपर्ने बताउनुभयो । 

उहाँले प्रदेश नं. ३ को राजधानी हेटौँडा सडक तथा अन्य पूर्वाधारको आधारमा उपयुक्त रहेकाले स्थायी राजधानी हुने बताउनुभयो । 

उहाँले देशमा बाम गठबन्धनको सरकार गठन भएपनि लोकतान्त्रिक गठबन्धनको विकल्प छैन भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!