आज प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दै

Posted on: 04 Feb, 2018

माघ २१, काठमाडौं । आज प्रदेश नम्बर २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक बस्दैछ । आज बस्ने प्रदेश बैठकहरु प्रदेश २ को जनकपुरमा, ५ को बुटवलमा, ६ को सुर्खेतमा र ७ को धनगढीमा बैठक बस्ने भएको हो । 

यसअघि प्रदेश नम्बर ३ को बैठक सम्पन्न भईसकेको छ । प्रदेश ३ को पहिलो बैठक माग १८ मा भएको थियो । बाँकी प्रदेशहरु १ र ४ मा भने भोली सोमबार बैठा बस्ने तयारी हुँदैछ । 

आज बैठक बस्न लागिएको चारवटै प्रदेशमा बैठकको कार्यसूची निर्धारण भईसकेकको छ, जस अनुसार बैठकको सुरुमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गर्ने कार्यसूची छ । त्यसपछि अन्तरिम प्रदेशसभा सञ्चालक कार्यविधि पारित गर्ने र सभामुखको निर्वाचनको मिति तोक्ने बैठकको मुख्य कार्यसूची छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!