बेल्डाँडी महिला सहकारी संस्थाले गरायो सांसदको ध्यानाकर्षण

Posted on: 06 Feb, 2018

विमल धामी/माघ २३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको १ नं. क्षेत्र अन्तरगत बेल्डाँडी गाउँपालिकामा रहेको बेल्डाँडी महिला साना किसान सहकारी सस्थाका अध्यक्ष कमला जोशीद्धारा महिलाका विविध समस्यालाई लिएर मंगलवार बिहान क्षेत्र नं. १ बाट प्रतिद्धन्दीलाई दोब्बर भन्दा बढी मतले जित्ने संसद बिना मगरलाई भेटेका छन् ।

अध्यक्ष जोशीका अनुसार आफु काम विशेषले राजधानी गएका बेला बेल्डाँडी महिलाका समस्यालाई लिएर संसद बिनाको ध्यान आक्रशण गराइएको छ । बेल्डाँडीका महिला हरेक क्षेत्र बाट पछाडी परेका हुनाले यहाँका महिलालाई सशक्तिकरण बनाई अगाडी बढाउनु पर्ने वहाले माग गरेको थिए ।

संसद बिना मगरले बेल्डाँडीमात्र नभएर समग्र कञ्चनपुरका महिलालाई लक्षित गरेर कार्यक्रम ल्याउने जानकारी गराउनु भयो । उनले महिलाका लागि पाठेघर केन्सर सम्वन्धि तत्काल राहतका कार्यक्रम ल्याउने जानकरी गराउनु भयो । 

क्षेत्र नं. १ को विकासका लागि योजना बनाउने अहिले गृहकार्य भईरहेको बताउनु भयो । सफथ खाए लगत्तै आफु कञ्चनपुर फर्कीने जनाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!