काँग्रेस, माओवादी र मधेसी दलको सरकार बनाउँछौं– युवराज सफल (भिडियो)

Posted on: 07 Feb, 2018


पर्वत । माओवादी नेता युवाराज सफलले ओलीको घमण्डका कारण बाम एकता धरापमा परेको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफैले लिने जून  अडान लिएका छन् त्यो पार्टी एकता विरोधी कार्य भएको उनले बताए ।

निर्वाचनमा जानुपूर्व पार्टी अध्यक्ष र प्रधानमन्त्री दुइ पार्टीका अध्यक्षहरुले बाँड्ने सहमति भएपनि अहिले नेकपा एमालेले जनमतको अपमान गर्दै बाम गठबन्धन तोड्ने प्रयास गरेको उनको आरोप छ ।

पत्रकार ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्दै उनले यदि नेकपा एमालेले घमण्डनै गर्ने हो भने यो अबस्थामा एकता हुन नसक्ने उनले बताए । 

बरु हामी नेपाली काँग्रेस र मधेसी दलहरुसँग मिलेर सरकारमा जान्छौ तर सवै कुरा एमालेलाई सुम्पिएर एकतामा जादैनौं । प्रचण्डलाई नेपाली काँग्रेस, मधेसी दलहरुले पाँच बर्षका लागि प्रधानमन्त्री बन्नको लागि अफर गरेता पनि आफ्ना पार्टी अध्यक्षले बामगठबन्धन विनाको सरकारको कल्पना नगरेका कारण अहिले नेकपा एमालेले हेपेको उनले बताए ।

ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणमा कुसाइतमा बोलाएर बामगठबन्धन भत्काउन खोजेको उनको आरोप छ । राष्ट्रबादी कहलिएका ओली भारतसँग मिलेर राष्ट्रबादलाई तिलाञ्जली दिएको र प्रधानमन्त्री बन्नको लागि भारतकै भर परेको उनको दाबी छ ।

उनले सम्मानजनक रुपमा जिम्मेवारी बाँडफाँड नभए कुनै पनि हालतमा बाम एकता नहुने  र सो अबस्थामा केपी ओली प्रधानमन्त्री नहुने उनले दाबी गरे ।

भिडियो


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!