डोल्पामा महिनौदेखि स्थानीय तह जनप्रतिनिधि र कर्मचारी बिहिन

Posted on: 07 Feb, 2018

टेकबहादुर शाही/माघ २४, डोल्पा । डोल्पा जिल्लाका सबै जसो स्थानीय तहहरुमा महिनौ देखि कर्मचारी र जनप्रतिनिधि बिहिन रहेका छन । हिउदको समयमा बिभिन्न काम भन्दै तराइका जिल्ला र घरमा पुगेका कर्मचारी र जनताका लागि काम गर्ने भन्दै शहरतिर लागेका जनप्रतिनिधिहरु महिनौ बिति सक्दा समेत स्थानीय तहमा फर्किएका छैनन । 


जिल्लामा रहेका २ वटा नगरपालिका र ६ वटा गाउपालिकामा तल्लो तहका करारका कर्मचारी र कार्यलय सहयोगिको भरमा चलि रहेको नागरिक समाज डोल्पाको दावी रहेको छ । 

अधिकांश स्थानीय तहका वडामा कर्मचारीहरु छैनन हाल ठुलीभेरि नगरपालिकाको १ देखि ४ सम्मका वडामा सामाजिक परिचालकको भरमा दैनिक वडा कार्यालयहरु चलि रहेको नेपाल पत्रकार महांसघ डोल्पाका अध्यक्ष बबिकिशोर गुरुङले बताए । 

हिउदको समयमा जो जता गए पनि केहि दिनको लागि ठिकै भए पनि महिनौ सम्म स्थानीय तह नै खालि राखेर जानु उचित नभएको स्थानीय मनबहादुर रोकायाले बताए । मँसिर देखि माघ महिना सम्म हिउदको समयमा काम नै हुदैन भनेर कर्मचारीहरु तारइमा जाने प्रबिधिको निरन्तरता स्थानीय सरकारका जनप्रतिनिधिले पनि कायम गरेको स्थानीयहरुको आरोप छ । 

मुड्केचुला,जगदुल्ला,काईके गाउपालिकामा पौसको पहिलो साता सम्म भएको उक्त गाउपालिकाका कर्मचारिहरुले जानकारि दिएका छन । माथिल्लो डोल्पाका ३ गाउपालिका र त्रिपूरासुन्दरी नगरपालिका कर्मचारि र जनप्रतिनिधिहरु कृषि लगायत अन्य क्षेत्रको अवालोकनका लागि भनेर मँसिरको तेस्रो साता देखि जिल्ला बाहिर रहेका छन । भ्रमण तथा अवलोकन स्थानीय तहका कृषक र जनताको लागि प्रभबकारि हुनेछ भन्ने धेरैको अपेक्षा रहेको  माथिल्लो डोल्पाका स्थानीयहरु बताउछन । 

स्थानीय तहका प्रमसख र उपप्रमुख भ्रमण सके पछि राष्ट्रिय सभाको निर्वाचनमा मतदानको लागि प्रदेशमा बसि रहेका छन भने कर्मचारिहरु अझै पनि स्थानीय तहमा आउने टुङ्गो नभएको स्थानीय मोहन बुढाले बताए ।  

वडामा कर्मचारिहरु नभए पछि जनताको दैनिक काम समेत प्रभाबित हुदा जनाताहरु जिल्ला प्रशासन कार्यालयमा गुनसा बोकेर आउने गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारि दिएके छ । 

प्रमुख जिल्ला अधिकारी जिल्लामा आएको हप्ता दिन बित्न लाग्दा समेत कुनै पनि कर्मचारिले आफुलाइ सम्पर्क नगरेको र दैनिक जनताको गनासो बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिए । 

उनका अनुसार एक साता भित्र जिल्लाका सबै कर्मचारीहरु आफनो सम्पर्कमा आउनु पर्ने र मनपरि तरिकामा बसे कानुनि कारवाहीको प्रकृयामा जाने प्रजिअ थापाले बताए ।


स्थानीय तहमा बजेट खर्च गरे मात्र काम हो भन्ने प्रबिधिको अन्त्य हुने पर्ने भन्दै सबैलाइ स्थानीय तहमा गएर सहजीकरण गर्न परिपत्र जाहेर गरेको प्रमुख जिल्ला अधिकारा भुपेन्द्र थापाले बताए । 

उनले भने कार्यालयहरु खारेज हुन्छन केहि फरक पर्दैन भनेर कर्मचारिहरु बसेका छन त्यसरी पाइदैन नेपाल सरकारको नुन खाए पछि जहिले सम्म रहन्छ काम गर्नु पर्छ नत्र कारवाही हुन्छ । 

जिल्ला बाहिर रहेका कर्मचारीहरुलाइ एक साता भित्र जिल्लामा फर्किएर जनातको सेवा प्रबाह गर्न जिल्ला प्रशासनले निर्देन दिएको छ । अब बिदामा जादा वा कुनै पनि कामले कार्यलय भन्दा बाहिर केहि दिनका लागि जानु पर्ने भए जिल्ला प्रशासनबाट तोक लगाएर जानु पर्ने परिपत्र जारि गरेको प्रमुख जिल्ला अधिकारि थापाले जानकारि दिए । 

उनका अनुसार हाकि भए निमित्त को हो ?नाम पेश गर्नु पर्ने आफुजादा के कामका लागि हो ? कहिले सम्मका लागि जाने हो ? कहिलो कार्यालयमा आउने हो ? सबै खुलाएर निबेदन जिल्ला प्रशासनमा पेश गर्नु पर्ने पाउने सेवा सुबिधा बाकी रहेछ भने स्वीकृत गरेपछि मात्र कार्यलय छोड्न पाउने गरि परिपत्र जारी गरको बताए । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!