माओबादी केन्द्रले खाता खोल्यो, प्रदेश ४ बाट खिमबहादुर बिक निर्वाचित

Posted on: 07 Feb, 2018

माघ २४, काठमाडौं । माओवादी केन्द्रका खिमबहादुर बिक राष्ट्रिय सभा चुनावबाट विजयी हुने पहिलो उम्मेदवार भएका छन् ।

बिकले कांग्रेसका जितबहादुर नेपालीलाई हराउँदै प्रदेश ४ बाट दलित कोटामा निर्वाचित भएका हुन् । 

चुनावबाट छानिने ५६ जना राष्ट्रिय सभा सदस्यमध्ये बुधबार ३२ सदस्यका लागि मतदान भएको थियो । प्रदेश २ बाहेकका सबै प्रदेशमा चुनाव भएको हो ।

प्रदेश २ मा आठै सदस्य निर्विरोध भएकाले चुनाव गर्नु नपरेको हो । 

अन्य प्रदेशमा पनि विभिन्न कोटामा १६ जना निर्विरोध भएका थिए । चुनाव भएका प्रदेशमा अहिले मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!