एमालेसँग पार्टी एकता नहुनेबारे प्रचण्डका विश्वासपात्रले गरे सनसनीपूर्ण खुलासा(भिडियो)

Posted on: 09 Feb, 2018

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणि खनाल बलदेवले खुलासा गरेका छन् ।

बुधबार पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै नेता खनालले तत्काललाई पार्टी एकता नहुने निश्चित भएको खुलासा गरे । उनका अनुसार नीति, संगठन र पदीय बाँडफाँडमै व्यापक समस्या भएकोले तत्काललाई एकता नहुने भएको हो ।

खनालले भने,”मुख्य कुरा सैद्धान्तिक विवाद देखियो, एमालेले जबज नछोड्ने अडान लिएको छ, त्यस्तै सांगाठनिक संरचनाबारे पनि कुरा मिलेन, अहिले पार्टी एकता नहुने नै भयो।”

आफू एकताको पक्षमै भएकोले यी विषयमा एकरुपता कायम गरेरामत्रै एकता गरिने उनको विश्वास थियो । यद्धपी उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेमा कुनै दुइृमत नरहेको जिकिर गरे । उनले भने,”अहिले एकता गर्दैनौं, सरकार गठन प्रक्रियाले अब गति लिन्छ।”

भिडियाे


यस बिषयमा तपाइको प्रतिक्रिया...!