२ नम्बर प्रदेशमा लालबाबु मुख्यमन्त्री पक्का

Posted on: 10 Feb, 2018

माघ २७, काठमाडौं | प्रदेश नम्बर २ मा फोरम र राजपाको संयुक्त सरकार हुने पक्का भएको छ । 

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच शनिबार पदको बाँडफाँड भएसँगै २ नम्बर प्रदेशमा मधेसवादी दलको  मात्रै सरकार बन्ने पक्का भएको हो । शनिबार भएको २ दलको बैठकले २ नम्बर प्रदेशमा मुख्यमन्त्रीसहित ३ वटा मन्त्रालय र उपसभामुख फोरमले पाउने सहमती भएको छ । 

सहमति अनुसार सभामुखसहित ३ वटा मन्त्रालय राजपाले पाउनेछ । फोरमले मुख्यमन्त्रीसहित आन्तरिक मामला तथा कानुन, आर्थिक तथा योजना र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउनेछ भने राजपाले सभामुखसहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय पाउने पक्का भएको छ । 

प्रदेश २ मा मुख्यमन्त्री पाउने सहमति गरेको फोरमले यसअघि नै लालबाबु राउतलाई संसदीय दलको नेता चुनिसकेकाले राउत नै प्रदेश नम्बर २ को मुख्यमन्त्री हुने पक्का भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!