बामएकताको नाउमा जबज छोड्न नसकिने भिमरावलको खुलासा(भिडियो)

Posted on: 14 Feb, 2018

पर्वत । नेकपा एमालेका नेता भिम रावलले बामएकताको नाउमा जनताको बहुदलीय जनबादलाई छोड्न नसकिने संकेत गरेका छन् । उनले माओवादीसँगको एकताको नाउमा जबज छोड्ने पक्षमा एमाले नरहेको खुलासा गरेका हुन् ।
उनले पार्टी एकता हुने तर सिद्दान्तका विषयमा भने आवश्यक छलफल भएर मात्रै टुंगोमा पु¥याउने उनको संकेत छ । रावलले माओवादीको २१ औं शताब्दीको माओवाद र एमालेको जनताको बहुदलीय जनबादमा अझै पनि मतभेद रहेको खुलासा गरेका छन् ।

बाहिर सरकार र पार्टी आलोपालो भन्ने कुरा आएको छ त्यसबारेमा अझैपनि ठोस निर्णय नभएको उनले बताएका छन् ।
बामगठबन्धनको सरकार बन्ने तर कस्ले नेतृत्व गर्ने भन्नेबारेमा अझै खुलेको छैन । तर त्यो नहोला भन्न सकिदैन उनले बताए ।
अबको संगठन कस्तो बनाउने भन्ने बारेमा अझै पनि सवै टुंगो नलागेको उनले बताएका छन् ।

भिडियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!