अनेरास्ववियु झापाको अध्यक्षमा मनोज ताम्ली

Posted on: 14 Feb, 2018

फागुन २, विर्तामोड । अनेरास्ववियु झापामा नयाँ नेतृत्व चयन भएको छ । 

क्याम्पस र भूगोल जिल्ला कमिटीको सम्मेलनबाट क्याम्पस कमिटीको जिल्ला अध्यक्षमा मनोज ताम्ली लिम्वू निर्वाचित भएका छन् ।


उपाध्यक्षमा रोशन भण्डारी, सचिव राजेश कार्की, सहसचिव कमल पौडेल, नविन राई, टेरिसा ओली र कोषाध्यक्षमा गंगा प्रसाई चयन भएका छन् । ३३ सदस्यीय कमिटीमा साम्नीहाङमा योङहाङ,अस्मिता विक,निरज थापा, सन्तोष भट्टराई, अनिल सुवेदी लगायत रहेका छन् ।

यसैगरी भूगोल जिल्ला कमिटीको अध्यक्षमा दुर्गा धमला निर्वाचित भएका छन् । उपाध्यक्षमा समर्पण खतिवडा,सचिव रोशन लामा,सहसचिवमा योगराज आचार्य,उमेश आचार्य , तनुजा दुलाल, कोषाध्यक्ष सागर लिम्वू चयन भएका छन् । 

सदस्यहरुमा उमेश मिश्र,सरोज सत्याल,समिर न्यौपाने,मुकेश त्रिताल,मदन गुरुङ लगायत रहेका छन् । क्याम्पस कमिटीको पाँचौ र भूगोल कमिटीको १९ औं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको नवनिर्वाचित सचिव रोशन लामाले जानकारी दिए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!